काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडीमा आफनो सहयोगी हातहरुलाई अगाडि बढाउँदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई तत्काल राहत हुने गरी यस बैंकका स्थानीय तह अन्तर्गत रहेका १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत रु. ३० हजारको दरले स्थानीय तह राहत कोषमा रु. ५ लाख १० हजार सहयोग गरेको छ ।
बैंकले निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बंैकले लिएको बताएको छ ।
यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा रु. १० लाखको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19