काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले हिजो बुधबार सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ  360  ट्रान्सपोर्ट सोलुसन्ससँग व्यावसायिक सम्झौता गरेको छ । 

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र  360 ट्रान्सपोर्ट सोलुसन्स्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत  खुशल रेग्मीले हस्ताक्षर गरे । 

यस सम्झौता पश्चात्  360 ट्रान्सपोर्ट सोलुसन्स् अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरी  पीओएस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।

बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप डिजिटलाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केही हदसम्म भएपनि बस भाडाका लागि खुद्रा बोक्नुपर्न झन्झट नरहने विश्वास बैंकले लिएको जनाएको छ ।