काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
आज शुक्रबार बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हालको चुक्ता पूँजी रु. ९,७८,७७,६७,१३८ (अक्षरेपी नौ अर्ब अठहत्तर करोड सतहत्तर लाख सतसठ्ठी हजार एक सय अडतीस मात्र) मा १२ प्रतिशत बराबरको रु. १,१७,४५,३२,०५७ (अक्षरेपी एक अर्ब सत्र करोड पैतालिस लाख बत्तीस हजार सन्ताउन्न रुपैंया मात्र) बोनस शेयर तथा ३ प्रतिशत बराबरको रु. २९,३६,३३,०१४ (अक्षरेपी उनान्तीस करोड छत्तीस लाख तेत्तीस हजार चौध रुपैंया मात्र) नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19