काठमाण्डौ । सरल तथा सहज रुपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा कर्जा स्वीकृती प्रक्रिया “स्कोरकार्ड मोडल” को प्रारम्भ गरेको छ । 

स्कोरकार्ड मोडल अन्तर्गत बैंकले रु एक करोड सम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ ।

यो स्कोरकार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको बताइएको छ ।