काठमाण्डौ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ। 

बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्रै वितरण गर्ने निर्णय हो। 

बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ। 

अघिल्लो वर्ष २०७८–७९मा सिद्धार्थ बैंकले कुल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश थियो।