काठमाण्डौ । सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि रू १५,००,००० (रू पन्ध्रलाख) सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “महिला उद्यमशील कर्जा योजना सञ्चालनमा ल्याएकोे छ ।

सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्वारा प्रदान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने बैंकले जनाएको छ ।

महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकले विश्वास लिएको बताएको  छ । यस कर्जा योजनाका प्रमुख आकर्षणहरूमा ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाख सम्म), वार्षिक ६.०२५ प्रतिशतसम्मको आकर्षक ब्याजदर,प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधाका साथमा ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्वारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो ।

सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको दाबी गरेको छ ।