काठमाण्डौ । सिद्धार्थ बैंकले आज बुधबार सर्लाहीको हरिवनर बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखा विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७८(४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७एटीएमः र १,६०० भन्दा बढी पीओएस मेसिनसाथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवामार्फत् उच्चस्तरीय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।