काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो तीन वर्षको वार्षिक साधारणभा एकैपटक डाकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले कम्पनी आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को क्रमशः १२ औँ, १३ औँ र १४ औँवार्षिक साधारणसभा एकैपटक गर्न लागेको हो। बैठकले तीन वर्षको वार्षिक साधारण यही पुस पुस २२ गते डोकेको छ। सभा भर्चुअल माध्यम (जुम एप) बाट काठमाण्डौको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालय हुनेछ।
सभाले सेयरधनीहरुलाई २०७७ असार मसान्तसम्मको खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत लाभांशमध्ये ४.५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख ५० हजार रुपैयाँबराबर बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत हुन आउने १७ लाख ५० हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले नयाँ जलविद्युत् आयोजनाहरुमा लगानी गर्ने सम्बन्धमा राखिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले तीनै आर्थिक वर्षका आर्थिक विवरणसहितको वार्षिक प्रतिवेदन, वित्तीय विवरणलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १२ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago