काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो साउन २६ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५२ प्रतिशत लाभांश र २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारीको अजेन्डा अनुमोदन गर्नेछ।
कम्पनी सञ्चालक समितिको गत आइतबार बसेको बैठकले लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो।
कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४।७५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
कम्पनीले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने गरी आगामी वार्षिक साधराणसभाबाट अनुमोदन गर्न प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको थियो।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। अर्थको अर्थ भदौ ३ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र साधारणसभा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago