काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो। उनको पदावधि ४ वर्षको हुनेछ।
गोविन्द गुरुङले सीईओबाट राजीनामा गरेपछि पोखरेलले गत वैशाख १८ गतेदेखि कामु सीईओको जिम्मेवारी पाएका थिए। त्यसअघि उनी नायब सीईओको जिम्मेवारीमा थिए।
पोखरेल अनुभवी बैंकरका रुपमा परिचित छन्। पोखरेलले सन् १९९१ बाट बैंकिङ करिअरको सुरुआत गरेका थिए। सुरुआतमा उनले तत्कालीन ग्रिन्डलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक) काम गरे। यो बैंकमा उनले झन्डै २ दशक बिताएका थिए।
त्यसपछि एनआईसी एशिया बैंकमा झन्डै ५ वर्ष काम गरेका पोखरेलले नबिल बैंकमा १ वर्ष काम गरेका थिए।
पोखरेलसँगै म्यानमारस्थित युनाइटेड अमरा बैंक र एजीडी बैंकमा काम गरेको अनुभव पनि रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19