काठमाण्डौ । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा रू. १२ हजार नगद छुट तथा रू. ३ हजार नगद फिर्ता गरी कुल रू. १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ । 

यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भीजी अटोमोबाइलसका तर्फबाट  उप–महाप्रबन्धक  धिरज भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरे ।  बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाइल्सका  शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेमा रु. १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी पत्रमा उल्लेख  छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ । 

डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउदै आएकोमा भीजी अटोमोबाइल्स  सँगको यो सहकार्यले ग्राहकहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।