काठमाण्डौ । सुपर मादी हाइड्रोपावरले  गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ६  गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैबीच, कम्पनीले अगामी पुस २८ गते साधारणसभा बोलाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि आगामी पुस १७ गते  बुक क्लोजको मिति समेत तय गरेको छ।  कम्पनीले चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ ।