काठमाण्डौ । साबिक सेञ्चुरी कमर्सियल बैंकका खाताधनीहरुको खाता नम्बर परिवर्तन भएको छ।
सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी प्रभु बैंकले आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरुहुने भएकोले साबिक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकको खाता नम्बर परिवर्तन भएको छ।
प्रभु बैंकले आज एक सूचना जारी गर्दै सेञ्चुरी बैंकमा १२ अंकको खाता नम्बर अब १६ अंकमा परिवर्तन भएको जनाएको छ।
आफ्नो परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङमा लगइन गरी वा प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी यकिन गर्न सकिने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19