काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेन्ट्रल फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ। 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत नेप्सेमा लाभांशसम्बन्धी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले सेन्ट्रल फाइनान्समाथि कारबाही गर्दै सेयर करोबार रोक्का गरेको हो। 

सेन्ट्रल फाइनान्सले लाभांश घोषणासम्बन्धी पत्र कारोबार समयमा दिउँसो १२ः३९ बजे नट्समार्फत नेप्सेमा सार्वजनिक गरेको थियो। विनियमावलीअनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ। 

नेप्सेले सेन्ट्रल फाइनान्सलाई के–कति कारणले समयमै जानकारी दिन नसकेको हो भन्नेबारे तीन दिनभित्र स्पष्टीकरण पठाउन पनि निर्देशन दिएको छ।