काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९को नगद लाभांश आज माघ ५ गतेबाट सेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिने भएको छ। 

कम्पनीको गत पुस २९ गतेसम्म २६ औँ वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत नगद लाभांश आजबाट सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा पठाइने कम्पनीले जनाएको छ। 

नगद लाभांश प्राप्त गर्न हालसम्म पनि हितग्राही खाता नखोलेका वा खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई हितग्राही खाता खोलेर सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ। 

बैंक खातामा रकम जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ।