काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०७८–७९को तेस्रो त्रैमास अर्थात चैत महिनासम्म सवा ३० करोड बढी कित्ता सेयर थपिएको छ। 

चालु आर्थिक वर्षको चैतसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३० करोड २९ लाख ५९ हजार ९८७.७०७५ कित्ता बोनस नेप्सेमा सूचीकरणलाई स्वीकृति प्रदान गरेको हो। जसअनुसार २९ अर्ब ९१ करोड ६७ लाख ८० हजार ८०९.६१ रुपैयाँबराबरको बोनस सेयर सेबोनमा दर्ता भई नेप्सेमा सूचीकृत भएका छन्। 

यो ९ महिनाको अवधिमा विभिन्न कम्पनीका आर्थिक वर्ष २०७७–७८ र २०७८–७९का लागि बोनस सेयरलाई सेबोनले सूचीकरणका लागि स्वीकृति प्रदान गरेको छ। 

सेबोनमा यो अवधिमा दर्ता भएका ६५ कम्पनीका बोनस सेयर स्वीकृत भई नेप्सेमा सूचीकृत भई कारोबारमा आइसकेका छन्।