काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको व्यवस्थापन र नवील बैंकको प्रवद्र्धन रहेको तेश्रो म्युचुअल फण्ड, नवील ब्यालेन्स फण्ड-२ ले आज(बैशाख ५ गते)देखि १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ ।
इच्छुक लगानीकर्ताले छिटोमा बैशाख ९ गतेभित्र र ढिलोमा जेठ ३ गतेभित्र इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् ।
यो स्किमको प्रति इकाई १० रुपैयाँ दरका कुल १ अर्ब २० करोड मूल्यका १२ करोड इकाईको बिक्री खुल्ला गरेको हो । धितोपत्र बोर्डले यो म्युचुअल फण्डको स्कीमलाई चैत १० गते इकाई निश्कासनको अनुमति दिएको थियो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १.२ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । यसको अर्थ साथमा १ हजार हुनेले समेत लगानी गर्न सक्नेछन् ।
आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका जुनसुकै शाखाबाट इच्छुकले इकाई खरीदका लागि आवेदन दिन सक्नेछन्।
नवील ब्यालेन्सफण्ड-२, दश वर्षे अवधिको बन्दमुखी स्किम हो ।
कुल निश्कासन हुने इकाईमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ८० लाख इकाई स्किम व्यवस्थापक र प्रवद्र्धकका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख मात्र सर्वसाधारणका लागि जारी हुनेछ ।
नवील बैंकको सहायक कम्पनी नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडको व्यवस्थापनमा संचालित ५ वर्षे नवील ब्यालेन्स फण्ड १ यसअघि नै परिपक्व भइसकेको छ भने ७ वर्षे नवील इक्वीटी फण्ड अस्तित्वमा छ । नवील इक्वीटी फण्डको मूल्य दोश्रो बजारमा ८ रुपैयाँको हाराहारीमा छ ।
हाल १३ वटा म्युचुअल फण्ड संचालनमा छन् ।
दोश्रो बजारको विषयमा राम्रो ज्ञान नभएका लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड लगानीको राम्रो विकल्प हो । यसमा फण्ड म्यानेजरले नै बजार तथा अवस्थाको विश्लेषण गरी राम्रो रिटर्न दिने खालका कम्पनीको सेयरमा लगानी गर्छ र त्यसबाट प्राप्त रिटर्न इकाईधनीलाई वितरण गर्छ ।
नेपालमा हालसम्म संचालनमा रही परिपक्व भएका र संचालनमा रहेका म्युचुअल फण्डहरुको वार्षिक रिटर्न दर १० प्रतिशत भन्दा माथि नै छ । तर, पछिल्लो समय यस्ता स्किमहरुले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । दोश्रो बजार बढिरहँदा समेत यस्ता स्किमहरुको मूल्य तथा समग्र अवस्थामा भने सुधार हुन सकिरहेको छैन ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19