nepal rastra bank
काठमाण्डौ । सेयर धितोकर्जामा लागेको ४ र १२ करोडको क्याप तत्काल संसोधन नहुने भएको छ ।
नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू निकटका राष्ट्रबैंकका कार्यकारी निर्देशकहरुसँगको छलफलमा ४–१२ करोडको क्याप तत्काल नहट्ने जानकारी गराएका हुन् ।
‘लगानीकर्ताहरु आन्दोलन गरिरहेका छन् । यसलाई हेरेर अर्थमन्त्रीबाट तारन्तार दवाब आइरहेको छ । तर, गभर्नर साब ४–१२ करोडको क्यापलाई तत्काल चलाउने मनस्थितिमा देखिनुभएन ।’ केन्द्रीय बैंकका एक कार्यकारी निर्देशकले भने–‘असार मसान्तसम्म ४–१२ करोडको क्यापमा संसोधन गर्ने, सोही अवधिसम्म बढी भएको लोन क्यापको सीमाभित्र ल्याउनुपर्ने समयसीमामा संसोधन हुने लगायतका विषयमा उहाँ अझै सकारात्मक देखिनुहुन्न ।’
राष्ट्रबैंकका एक सञ्चालकले पनि बिजशालासँगको अनौपचारिक कुराकानीमा गभर्नरको मूड ४–१२ को क्यापलाई तत्काल चलाउने नदेखिएको प्रष्ट पारे । ‘बजारको कहालीलाग्दो अवस्था र लगानीकर्ताको अनुहार हेर्दा ४–१२ करोडको क्यापमा केही न केही संसोधन गरिहाल्नुपर्ने आवश्यकता देखिन्छ। तर असारभित्रै केही हुन्छ जस्तो चाहिँ लाग्दैन ।’ ती सञ्चालकले भने–‘मौद्रिक नीतिमार्फत साउनबाट लागू हुने गरी यो क्यापमा संसोधन चाहिँ हुन्छ । त्यसभन्दा अगाडि राष्ट्रबैंकको नीतिमा ठूलो परिवर्तन केही पनि हुँदैन ।’
राष्ट्रबैंकका अधिकारीहरुले अब ४–१२ करोडको क्याप परिवर्तन नगर्दा पनि हुने निश्कर्ष निकालेका पाइएको छ । ‘यो सीमाभन्दा बढी लोन लिएर सेयरमा लगानी गर्नेमध्ये धेरैले सेटलमेन्ट गरिसकेका देखिएको छ ।’ ती अधिकारीले भने–‘अब निर्मल प्रधान, मीनबहादुर गुरुङ, विनोद चौधरी लगायतका ठूला लगानीकर्ताले मात्र केही सेटल गर्न बाँकी देखिन्छ । ५–६ जना ठूलाको हित हुने गरी तत्काल कुनै नीति परिवर्तन हुँदैन ।’
राष्ट्रबैंकले बजारमा अब ८–१० अर्बसम्मको सेयरको सप्लाई मात्र आउने र त्यसलाई बजारले थेग्नसक्ने विश्लेषण गरेको समेत देखिएको छ ।
‘साउनपछि लागू हुने गरी यो क्याप हटाउँदा समेत फरक नपर्ने हाम्रो विश्लेषण छ ।’ केन्द्रीय बैंकका ती सञ्चालकले भने–‘तरलता संकटका कारण बैंकहरु लोन दिन नसक्ने अवस्थामा छन् । यस्तो अवस्थामा क्याप नै हटाउँदा समेत फरक पर्दैन ।’
आन्तरिक छलफलहरुमा गभर्नर अधिकारीले ४–१२ को क्याप हटाउन कुनै इच्छा नदेखाए पनि बजारलाई सहयोग हुने गरी केही न केही कदम चाल्ने प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई उनले आश्वासन दिएका छन् । यहीकारण समेत कतिपय लगानीकर्ताहरु भने राष्ट्रबैंकले आकस्मिक रुपमा कुनै न कुनै नीतिगत परिवर्तन गर्ला कि भन्ने झिनो आशामा देखिन्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago