काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्थाले मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग आग्रह गरेको छ। 

संस्थाले नेप्सेलाई पत्र पठाउँदै आउँदो असार १ गतेदेखि १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेको हो। 

मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिनसम्मका लागि सेयर कारोबार रोक्का राख्न पाइने व्यवस्था छ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गरी आउँदो असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। डिप्रोक्सले आदर्शलाई १ः१ सेयर स्वाप रेसियोमा गाभेको हो। 

आदर्शलाई गाभनेर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ।