काठमाण्डौ । पछिल्लो समय पुँजीबजारमा सञ्चालन आएका नयाँ ब्रोकरहरुले पुराना ब्रोकरहरुलाई कारोबारको हिसाबले तीव्र रुपमा टक्कर दिइरहेका छन्। 

लामो समयपछि पुँजीबजारमा नयाँ ब्रोकर कम्पनीहरु थपिएका छन्। उनीहरुले सेयर लगानीकर्ताहरुलाई आकर्षित गर्न विभिन्न सहुलियतसहितको अफरहरु पनि सार्वजनिक गरिरहेका छन्। 

नयाँ ब्रोकर कम्पनीहरु थपिएसँगै प्रतिस्पर्धा बढ्ने र लगानीकर्ताहरुले नयाँ–नयाँ सुविधा पाउने र बजार विस्तार र विकासले पनि गति लिने अपेक्षा गरिएको छ। 

पछिल्लो केही समयदेखि नयाँ ब्रोकरहरुले सेयर कारोबारलाई तीव्रता दिएका छन्। 

आजकै सेयर कारोबार हेर्ने हो भने नयाँ ब्रोकरमध्ये एक क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नं. ६२) कारोबार हिसाबले छैटौँ स्थानमा रहेको छ। यो ब्रोकरबाट आज कुल १३ करोड १२ लाख ९८ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ। 

क्यापिटल म्याक्सबाट आज ८ करोड ३६ लाख ३८ हजार रुपैयाँ बढीको सेयर खरिद भएको छ। जुन शीर्ष १० ब्रोकरबाट भएको खरिद भएकोमध्ये तेस्रो धेरै हो। बिक्रीको हिसाबले शीर्ष १० ब्रोकरमा क्यापिटल म्याक्स नवाँै स्थानमा छ। यो ब्रोकरबाट ४ करोड ७६ लाख ५९ हजार रुपैयाँ बढीको सेयर बिक्री भएको छ। 

आज उच्च कारोबार गर्ने १० शीर्ष ब्रोकरको पहिलो स्थानमा नाशा सेक्युरिटिज (ब्रोकर नं. ५८) रहेको छ। नाशाबाट २० करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

यसैगरी उच्च कारोबार गर्ने दोस्रो ब्रोकरमा भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) रहेको छ। यो ब्रोकरबाट १६ करोड ४६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ। 

इम्पेयरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) १२ करोड २० लाख रुपैयाँ बढीको कारोबारका साथ तेस्रो स्थानमा र सनी सेक्युरिटिज (ब्रोकर नं. ४२) १४ करोड २ लाख रुपैयाँ बढीको कारोबार साथ चौथो स्थानमा छन्। 

पाँचौँ स्थानमा अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) १३ करोड २४ रुपैयाँको कारोबारका साथ रहेको छ। 

यस्तै सातौँदेखि दसौँसम्म क्रमशः डायनामिक मनी मेनेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४), कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ३५), एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७) र आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिरिटिज (ब्रोकर नं. ५७) रहेका छन्। यी ब्रोकरबाट क्रमशः ९ करोड ७१ लाख रुपैयाँ, ८ करोड ९४ लाख रुपैयाँ, ८ करोड ५३ लाख रुपैयाँ र ८ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।