काठमाण्डौ । स्पर्श लघुवित्त बित्तीय संस्थाले २ करोड ४० लाख मूल्यको साधारण सेयर निश्कासन गर्ने भएको छ । 

यो लघुवित्त कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारण र आफ्ना कर्मचारीका लागि निश्कासन गर्न माग गर्दै धितोपत्र बोर्डमा असोज ४ गते आवेदन दिएको हो ।

कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमीटेड रहेको छ । 

यो बित्तीय संस्थाको हालको चुक्तापूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी बढेर ८ करोड रुपैयाँको उचाईमा पुुग्नेछ ।