काठमाण्डौ । दुई करोड ६९ लाख बढीको आइपीओ निश्कासनसहितको अजेण्डा पारित गर्न स्पर्श लघुवित्तले आगामी कात्तिक १८ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

यो कम्पनीले होटल बाराही पोखरामा कात्तिक १८ गते ११ बजे आफ्नो दोश्रो वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले संस्थापक र साधारण सेयरको हिस्सा ६७.५०: ३२.५० प्रतिशतमा रुपान्तरण गर्ने अजेण्डामाथि समेत छलफल गर्नेछ । 

यस्तै, हाल १० जिल्लामा सीमित कार्यक्षेत्रलाई बढाएर १५ जिल्लामा बिस्तार गर्ने अजेण्डा समेत प्रस्तुत हुने बताइएको छ ।