काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी फागुन २६ गतेदेखि २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि निश्कासन गर्न लागेको आइपीओमा फागुन २९ गतेभित्र आवेदन दिन सकिनेछ । सो अवधिमा मागेजति आवेदन नपरे ढिलोमा चैत २५ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
कुल निश्कासन गर्ने भनिएको आइपीओमध्ये ०.५ प्रतिशतले हुन आउने ४ हजार १४८ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १३ हजार ४८२ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको २ लाख ५२ हजार सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
इच्छुकले न्यूनतम १० देखि अधिकतम १३४० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ निश्कासन भएकोले साथमा १ हजार रुपैयाँ हुनेले समेत आवेदन दिन सक्नेछन् । यसको अर्थ पढ्दै गरेका विद्यार्थी र न्यून आम्दानी हुनेले समेत यो कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमीटेड रहेको छ ।
यो कम्पनीले यसअघि २ लाख ४० हजार कित्ता आइपीओ निश्कासनको योजना बनाए पनि धितोपत्र बोर्डको निर्देशनपछि कित्तामा संसोधन गरेको थियो ।
आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ८ करोड २९ लाख पुग्नेछ । यस्तै, कम्पनीका सर्वसाधारणको सेयर स्वामित्व ३२.५ प्रतिशत र प्रोमोटरको ६२.५ प्रतिशत कायम हुनेछ ।
तीन करोड भन्दा कम मूल्यको आइपीओलाई क्रेडिट रेटिङ गराउनु नपर्ने व्यवस्था छ । तर, माइक्रोफाइनान्स कम्पनीको सेयर भएकोले आइपीओमा मरिहत्ते गर्नु नै उचित हुनेछ ।
यो माइक्रोफाइनान्स कम्पनीले हाल १० जिल्लाका १५ शाखाबाट आफ्नो कारोबार संचालन गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago