काठमाण्डौ । विद्युतीय कारोबारलाइ प्रबद्र्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिनमा सामान खरिद गर्दा छुट पाइने अफर सार्वजनिक गरेको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत तथा अधिकतम रु १५० सम्म छुट प्राप्त गर्न सक्नेछन्।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ । साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु १५० सम्म छुट पाइने स्मार्ट च्वाइस टेक्नोलोजिज लिमीटेडले जनाएको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19