काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई निर्यात गरिने १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् ।

बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेट गरेका थिए । 


बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार नेपालले भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्नेछ । प्रधानमन्त्रीले गत जेठमा गरेको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो ।

हैदरावाद हाउसमा प्रचण्डसँगको भेटपछि भारतीय समकक्षी नरेन्द्र मोदीले  दीर्घकालीन रुपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशकाबीचमा सहमति भएको बताएका थिए ।