ipo
काठमाण्डौ । नेपालको पूँजीबजारमा हालसम्मकै सबैभन्दा बढी कित्ता आइपीओ निश्कासन हुने भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले २ करोड ६४ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।
हालसम्म यति धेरै कित्ता आइपीओ एकैपटक कुनै पनि कम्पनीले निश्कासन गरेका थिएनन् ।
यो जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १ करोड ५ लाख कित्ता र सर्वसाधारणका लागि १ करोड ५८ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको हो ।
कम्पनीले कुल २ अर्ब ६४ करोड मूल्यको आइपीओ निश्कासनको माग गर्दै कात्तिक ३० गते धितोपत्र बोर्डमा आवेदन दिएको छ।
नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमीटेडले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् ।
यो कम्पनीमा ५१ प्रतिशत सेयर स्वामित्व नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानीकोष र राष्ट्रिय बिमा कम्पनी लिमीटेडको रहेको छ । विद्युत प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६ प्रतिशत, लगानीकोषको २ र राष्ट्रिय बिमा कम्पनीको २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
नेपालको पूँजीबजारमा यो कम्पनीले जारी गर्न लागेको आइपीओ कित्ता संख्या हिसाबले अहिलेसम्मकै ठूलो आइपीओ हो ।
यो जलविद्युत कम्पनीले ४५६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनालाई प्राधिकरणले राष्ट्रिय गौरवको आयोजना भन्ने गरेको छ । यति ठूलो आयोजना सम्पूर्ण रुपमा स्वदेशी लगानीमा निर्माण सम्पन्न हुन लागेको हो ।
दोलखामा निर्माणाधीन यो आयोजनाको पहिलो युनिटबाट आगामी माघसम्ममा विद्युत उत्पादन सुरु भइसक्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago