– रेखा चन्द
काठमाण्डौ । असार मसान्त सकिएसँगै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको धमाधम वित्तीय वितरण प्रकाशित गर्न थालेका छन्।
आज बिहीबारसम्म १२ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन्। नियामक राष्ट्र बैंकले केही समयअघि एक परिपत्र जारी गर्दै आर्थिक वर्ष सकिएको २१ दिनभित्रै वित्तीय विवरण सार्वजनिक गरिसक्न निर्देशन दिएको थियो।
हालसम्म गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका अधिकांश वाणिज्य बैैंकले नाफासहित अन्य सूचकमा पनि आकर्षक सुुधार गरेका छन्। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्नेमा वाणिज्य बैंकहरुमा एनआईसी एशिया, ग्लोबल आईएमई, सिटिजन्स, माछापुुुुच्छ्रे, सानिमा, प्रभुु, लक्ष्मी, सनराइज, एनसीसी, नेपाल इन्भेस्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंक छन्।
कुुन बैंकका नाफा कति ?
सबैभन्दा बढी नाफा ग्लोबल आईएमईले कमाएको छ। असार समान्तसम्म यसले ५ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको हो। त्यसपछि क्रमशः एनआईसी एसियाले ४ अर्ब ५२ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्टले ४ अर्ब ८ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ६० करोड रुपैयाँ, एभरेष्टले २ अर्ब ५४ करोड रुपैयाँ, स्टयान्डर्ड चार्टर्डले २ अर्ब २६ करोड रुपैयाँ, सिटिजन्सले २ अर्ब २५ करोड रुपैयाँ, माछापुच्छ्रेले २ अर्ब १६ करोड रुपैयाँ, सनराइजले २ अर्ब १५ करोड रुपैयाँ, एनसीसीले २ अर्ब २ करोड रुपैयाँ र लक्ष्मी बैंकले १ अर्ब ६० करोड रुपैयाँ खुुद नाफा कमाएका छन्। यस्तै सानिमा बैंकको नाफा भने १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड रुपैयाँमा खुुम्चिएको छ।
कुुन बैंकको लाभांश दिने क्षमता कति ?
हरेक वर्षको नाफाबाट बैंकहरुले आफ्ना सेयरधनीलाई प्रतिफल दिँदै आएका छन्। आफ्नो नाफाका आधारमा रहेर उनीहरुले सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएका हुन्।
हालसम्म वित्तीय विवरण प्रकाशित गर्ने वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकको देखिएको छ। यो बैंकले सेयरधनीलाई ४१ प्रतिशतसम्म प्रतिफल दिनसक्ने क्षमता बनाएको छ।
त्यसपछि दोस्रोमा सानिमा बैंक छ। सानिमाले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षका लागि २८ प्रतिशतसम्म लाभांश दिने क्षमता बनाएको छ।
त्यसपछि एनआईसी एशियाले १९ प्रतिशत, स्टयान्डर्ड चार्टडले १६ प्रतिशत, ग्लोबलले १३ प्रतिशत, एनसीसीले १३ प्रतिशत, माछापुच्छ्रेले १२ प्रतिशत, प्रभुुले ११ प्रतिशत, नेपाल इन्भेस्टमेन्टले ११ प्रतिशत, लक्ष्मीले १० प्रतिशत र सिटिजन्सले १० प्रतिशतसम्म लाभांश दिने क्षमता बनाएका छन्।
सनराइज बैंकको सबैभन्दा कम प्रतिफल दिने क्षमता बनाएको देखिएको छ। यसले सेयरधनीलाई २ प्रतिशतसम्म लाभांश दिने क्षमता बनाएको छ।

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19