काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले १० औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको आइतबार (पुस ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ९ बजेबाट सुरु हुनेछ। 

सभाले कम्पनीको सामाजिक उत्तदायित्वअन्तर्गत गरेको आर्थिक सहयोग रकम २ लाख १८ हजार ६०० रुपैयाँलाई अनुमोदन गर्नेछ। सभाले कम्पनीको आफ्नो चुक्तापुँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ। 

उक्त आर्थिक वर्षका लागि कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण नगर्ने निर्णय पनि गरेको छ। 

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।