काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सको चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा नाफा बढेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा ४ करोड ३ लाख रुपैयाँ रहेकामा बढेर ५ करोड १० लाखको उचाईमा पुुगेको हो । यसरी कम्पनीको नाफामा २६.५५ प्रतिशतको प्रगति भएको देखिएको हो । 

कम्पनीको प्रिमियम बापतको आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ४४ करोड ७३ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ४८ करोड २२ लाख पुुगेको छ । 

यस्तै, पुनर्बिमा कमिसनबाट हुने आय २ करोड १८ लाखबाट वृद्धि भई ४ करोड २८ लाखको उचाईमा पुुगेको छ । 

बिमा शुल्कबाट हुने आय १७ करोड ५० लाख रहेको छ । अघिल्लो वर्ष यस्तो आय १५ करोड १९ लाख रहेको थियो ।

कम्पनीको बिमा कोष र जगेडा तथा कोष थप मजबुत भएको छ । अघिल्लो वर्ष २८ करोड ४७ लाख रहेको बिमा कोष बढेर ३५ करोड ६५ लाखको उचाईमा पुुगेको छ । यस्तै, अघिल्लो वर्ष ७ करोड ४८ लाख रहेको जगेडाकोष बढेर ११ करोड ६८ लाखको उचाईमा पुुगेको छ ।