काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको नाफा ९१.३१ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४५ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले अन्य स्रोतबाट १३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ८०.५८ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ७१ लाख ३४ हजार रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको थियो।

कम्पनीको रिजर्भ ७१ लाख ७६ हजार रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ ८२ लाख ४६ हजार रुपैयाँले ऋणात्मक रहेको थियो।

चुक्तापुँजी ९९ करोड रुपैयाँ कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ०.०४ रुपैयाँ रहेको छ। पीई रेसियो ९३८८.९४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९९.२८ रुपैयाँ रहेको छ।