काठमाण्डौ । हिमालय ऊर्जा विकास बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ। 

कम्पनीले आज असार ३१ गते सेबोनमा निवेदन दिँदै हकप्रद निष्कासनको अनुमति मागेको हो। यो कम्पनीले चुक्तापुँजी १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न सेबोनसँग अनुमति मागेको छ। 

सेबोनले अनुमति दिएमो हिमालय ऊर्जाले ९९ करोड रुपैयाँबराबरको हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९९ लाख कित्ता सेयर बिक्रीमा ल्याउनेछ। 

हिमालय ऊर्जाको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।