'काठमाण्डौ । नेपाल टेलिकमको सीम लिएका ग्राहकको मोवाइल नम्बरमा १० ग्राम सुन पाउने बम्पर अफर भन्दै एसएमएस आएमा त्यो लिङ्क नखोल्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । 

आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले एनटिसीको मोबाइलमा ‘१० ग्राम सुन पाउने बम्बर अफर’ सम्बन्धी एसमएस आएमा नखोल्न भनेको हो । 

पछिल्लो समय नेपाल टेलिकमबाट बितरित मोवाइल नम्बरहरुमा पछिल्लो समय २० रुपैयाँमै १० ग्राम सुन जित्ने अवसर भन्दै एसएमएस पठाइने गरिएको छ । एसएमएसमा उल्लेख लिंक नखोल्न प्राधिकरणले सचेत गराएको हो । 

प्राधिकरणले सो एसएमएसको विषयमा अनुसन्धान भइरहेकोले सतर्क रहन र लिंक नखोल्न भनेको हो । 

प्राधिकरणले वेबसाइटमा राखेको सूचना यस्तो छ: