काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४४ लाख ६१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीले २ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेर १९ करोड २२ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट २२ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा घटेर १० करोड ५७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष १४ करोड २० लाख रुपैयाँ भएको थियो।
चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.५६ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ६९.६१ पैसा रहेको छ।
कम्पनीले चुक्तापुँजीको १५० प्रतिशत अर्थात १ः१.५ हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइएको छ। कम्पनीको प्रस्तावित हकप्रद विद्युत नियमन आयोगबाट स्वीकृत भएर वार्षिक साधारणसभाबाट समेत अनुमोदन भइसकेको छ।
कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त हुने गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ। यो जलविद्युत आयोजना लगानी र प्रतिफलका हिसाबले उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
त्यसैरी हकप्रदबाट प्राप्त हुने बाँकी रकम कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19