काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले आगामी मंसिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन प्रकारमा कुल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

केन्द्रीय बैङ्कले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण गर्न लागेको हो ।  आइतबार सार्वजनिक सूचनाअनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनेका लागि ६ अर्ब रुपैयाँ र ३६५ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण गरिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मंसिर ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मंसिर १२ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले मंसिर चार गते पनि २३ अर्ब २३करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।