काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम तिर्न बाँकी उद्योगहरुलाई ६० महिनाको समयावधि दिएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महशुल बुझाउन  बाँकी उद्योगहरुलाई अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो । 

बक्यौता तिर्न बाँकी उद्योगहरुले ६० महिनासम्मको किस्तामा महशुल तिर्न सक्ने प्राधिकरणले जनाएको छ ।  

गत पुस १६ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले ६० महिनासम्मको किस्ताबन्दीमा बक्यौता महशुल बुझाउन पाउने व्यवस्था गरेको थियो । 

प्राधिकरणले पुस ६ देखि डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल नतिरेका उद्योगको बिजुली काट्दै आएको छ । 
 

प्राधिकरणले सोमबारसम्म बक्यौता नतिर्ने २४ वटा उद्योगको बिजुली काटिसकेको छ ।