काठमाण्डौ । विभिन्न कम्पनीका सार्वजनिक निश्कासनहरुमा लगानीकर्ताहरुको अचाक्ली आकर्षण देखिएको छ । 

पछिल्लो समय विभिन्न बैंक तथा बित्तीय संस्थाहरुसँगै जलविद्युत कम्पनीहरुले समेत सर्वसाधारणलाई साधारणा सेयर जारी गर्ने लहर नै चलेको छ । 

यही क्रममा निकट भविष्यमै ६ वटा जलविद्युत कम्पनीले ११ अर्बभन्दा बढीको साधारण सेयरको  निश्कासनको तयारी गरेका छन् । यी सबै कम्पनीले धितोपत्र बोर्डबाट आइपीओ र एफपीओ निश्कासनको अनुमति पाइसकेका छन् ।

निकट भविष्मै साञ्जेन जलविद्युत, कालिका पावर, राधी विद्युत, पञ्चकन्या माई हाइड्रो पावर र रसुवागढी हाइड्रो पावरले आइपीओ निश्कासन गर्नेछन् । कम्पनीहरुले सर्वसाधारणबाट ११ अर्ब ४४ करोड ५१ लाख ५६ हजार रुपैयाँ उठाउन ९ करोड ८० लाख ८६ हजार ७ सय ७५ कित्ता सेयर निश्कासन गर्नेछन् ।

राधीले ६ लाख १५ हजार, पञ्चकन्याले ९९ लाख, सान्जेनले २ करोड ७३ लाख ७५ हजार, रसुागढीले ५ करोड १३ लाख १५ हजार ७ सय ५० र कालिकाले ४८ लाख कित्ता सेयर जारी गर्नेछन् ।

यस्तै, बुटवल पावर कम्पनीले भने ४० लाख ८१ हजार कित्ता एफपिओ जारी गर्दैछ । ये कम्पनीले प्रतिकित्ता ५ सय १ रुपैयाँ मूल्य राखेर साधारण सेयरको अतिरिक्त निश्कासन गर्नेछ।