काठमाण्डौ। अपर हेवाखोला जलविद्युत् कम्पनीको आयोजना पुनः सञ्चालनमा आई विद्युत् उत्पादन सुरु भएको छ ।

गत असार २ गतेको बाढीले ८.५ मेगावाट(मेवा) क्षमताको अपर हेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो ।

जसले गर्दा त्यसयता आयोजनाको विद्युत् उत्पादन ठप्प थियो ।

‘प्रसारण लाइनको पुनःनिर्माण, पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण र बाईपास क्यानल तथा कनेक्टिङ पाइपको मर्मत कार्य सम्पन्न भएको छ’ कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीका अनुसार यी कार्यहरु सम्पन्न भएसँगै पावरहाउस सञ्चालन गरी विद्युत उत्पादन गर्न सम्भव भएको हो ।