काठमाण्डौ । सरकारले कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेको भन्दै यसको प्रयोगले बैंक खाताबाट पैसा चोरी हुन सक्ने बताएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा यसरी सामाजिक सञ्जाल नचलाउन भनिएको छ ।
फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताबाट पैसा चोरी हुनेदेखि इमेल अकाउन्ट ह्याक हुने जोखिम रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘फ्रि भीपीएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पीड घट्ने, बैंक खाताबाट पैसा चारी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले टिकटक प्रयोगमा तत्काल रोक लगाउने निर्णयको जनस्तरमा व्यापक समर्थन भइरहेको भन्दै नागरिकको सुरक्षा र गोपनीयताको संरक्षणका लागि यस्तो निर्णय लिनु परेको समेत स्पष्ट पारेको छ ।राष्ट्रिय सार्वभौमिकताको रक्षा र साइबर अपराधका घटना न्यूनीकरणमा समेत सरकारले यस्तो कदम चालेको मन्त्रालयको भनाइ छ ।
टिकटकको माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै भन्दै सरकारले यसअघि नेपालमा टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19