काठमाण्डौ । नेपाल सरकार अन्तरगत विभिन्न मन्त्रालयमा कार्यरत दुई जना उच्च अधिकारी तथा नेपाल धितोपत्र बोर्डका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

मन्त्रालयका उच्च अधिकारी रितेश कुमार शाक्य र फणिन्द्र गौतम विरुद्ध बिचौलियाको काम गरेको भन्दै  अख्तियारमा उजुरी परेको छ । शाक्य अर्थमन्त्रालयका प्रवक्ता हुन् भने गौतम कानून मन्त्रालयका सचिव हुन् । 

लगानीकर्ता सानु गुरुङको नाममा परेको उक्त उजुरीमा सोही विषयसँग सम्बन्धित् हुने गरी नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई समेत नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने क्रममा शकंर ग्रूपसँग मिलिभगत गरेको आरोप छ । 

उनीहरु विरुद्ध परेको उजुरीको आयोगमा दर्ता नम्बर सी–०३७३५८/२०८०१०९१०८ रहेको छ ।

उक्त उजुरीमा सरकारको तलब भत्ता खाएर ती अधिकारीहरुले शंकर ग्रूपसँग विचौलियाको काम गरेको र उनीहरुकै योजनामा हिमालयन स्टक एक्सचेञ्ज र हिमालयन कमोडिटि एक्सचेञ्ज ल्याउन तयारि भइरहेको पनि उक्त उजुरीमा उल्लेख छ ।
 धितोपत्र बोर्डका अध्यक्ष  हमाललाई समेत जोडेर हालिएको उक्त उजुरीमा हमाल व्यापारी दीपक भट्टका भिनाजु भएको र शंकर  ग्रूपका सुलभ अग्रवालका ज्वाँइका पार्टनर समेत दाबी गरिएको छ ।

हमाललाई नै सघाउन अर्थमन्त्रालयमा रितेश कुमार शाक्य र कानून मन्त्रालयमा फणिन्द्र गौतमलाई समेत स्थानान्तरण गरिएको पनि उजुरीमा उल्लेख छ ।  

हिमालयन स्टक एक्सचेञ्ज र हिमालयन कमोडिटि एक्सचेञ्जमा शंकर ग्रूप र दिपक भट्टको लगानी छ ।

हेर्नुस उजुरि :