काठमाण्डौ । मार्जिन कारोबार सञ्चालनमा ढिलाइ भइरहेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्ना सदस्य धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुलाई यथाशिघ्र यो सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

नेप्सले आज शुक्रबार सूचना जारी गर्दै ब्रोकहरुलाई यो सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । यसअघि नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुरु गराउन भन्दै गत असोज १ गते नेप्सेलाई निर्देशनात्मक पत्र पठाएको थियो । बोर्डबाट पत्र प्राप्ति हुनासाथ २१ वटा ब्रोकरलाई मार्जिन कारोबार अनुमतिपत्र प्रदान गरी आवश्यक पूर्वाधार व्यवस्था गरिसकेको भए पनि कार्यान्वयमा नआएपछि नेप्सेले यथाशीघ्र कारोबार सञ्चालन गर्न निर्देशन दिएको हो ।

नेप्सेले लगानीकर्ताको हित तथा बजारलाई थप चलायमान बनाउन यथाशीघ्र मार्जिन कारोबार सञ्चालन गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ।