काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाभाइरसकै कारण सेयर बजारमा नकारात्मक असर परेकोले बजार खोल्नुुअघि सुधारात्मक कदम चाल्न नियामक बोर्डलाई निर्देशन दिएका छन्।

नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार आयोजित वेबिनारमा अर्थमन्त्री खतिवडाले हाल कोरोनाविरुद्ध लडिरहेका बेला आर्थिक गतिविधि ठप्प भएको र कोरोनाविरुद्ध लडिरहेका बेला यसको असर सेयर बजारमा असर परेको बताए। ‘यो असर केबल अल्पकालीन मात्रै हो’, अर्थमन्त्री खतिवडाले भने, ‘जीवन रक्षा अहिलेको पहिलो कर्तव्य हो, त्यससँगै अरु पक्ष आर्थिक क्रियाकलाप पनि विस्तारै चलयमान भएपछि विस्तारै सबै सामान्य हुुुन्छ।’

अर्थमन्त्री खतिवडाले लकडाउन अझै लम्बिने संकेत गर्दै बजार सुुधार र बजारको माग र आपूूर्तिबीच सन्तुुलन गर्न पूर्वाधार खडा गर्न बोर्डलाई निर्देशन दिए। उनले अब बजार खुुलाउने विषयमा तयारी थाल्नसमेत निर्देशन दिए।