काठमाण्डौ । कोरोना महामारीका कारण कम्पनीको क्लाउड व्यापार र रिमोट कोल्याब्रेसन टुलको मागमा वृद्धि भएपछि माइक्रोसफ्ट कम्पनीले विश्लेषकहरुको आँकलनलाई गलत साबित गर्दै भर्खरै समाप्त भएको त्रैमासमा अनुमानभन्दा बढी आम्दानी गरेको छ।
जुन महिनामा अन्त्य भएको त्रैमासमा माइक्रोसफट्ले ३८ बिलियन डलर आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो। त्यस्तै वाल स्ट्रिटका विश्लेषकहरुले प्रक्षेपण गरेको ३६.५ बिलियन डलरभन्दा पनि बढी हो।
माइक्रोसफ्टका सीईओ सत्य नादेला व्यापारको चुस्तताका लागि प्रविधिको तीव्रताले अहम भूमिका खेल्छ भन्ने कुरा पछिल्लो पाँच महिनामा स्पष्ट देखिएको बताउँछन्। ‘आफ्नै डिजिटल क्षमता विकास गर्ने संस्थाले वर्तमानको संकटबाट तीव्रगतिमा रिकभर गर्नुका साथै बलियो ढंगले उकासिनेछ’, उनी भन्छन्।
कोरोना महामारीका कारण वर्क फर्म होममा वृद्धि भएपछि माइक्रोसफ्टको ‘इन्टिलिजेन्ट क्लाउड’, ‘मोर पर्सनल कम्प्युटिङ’ र प्रोडक्टिभिटी एन्ड बिजनेस प्रोसेस’ डिभिजन बुस्ट भएका थिए। गत वर्षको तुलनामा यो वर्षको पछिल्लो त्रैमासमा ‘प्रोडक्टिभिटी एन्ड बिजनेस प्रोसेस’ मा ६ प्रतिशतको वृद्धि देखिएको छ। यसले अफिस ३६५ कर्मसियलको बिक्रीमा १९ प्रतिशतको बढोत्तरी गरेको छ।
इन्टिलिजेन्ट क्लाउडको आम्दानी १७ प्रतिशत अर्थात १३.४ बिलियनले बढेको छ। त्यस्तै पर्सनल कम्प्युटिङको बिक्री पनि १४ प्रतिशत अर्थात १२.९ बिलियन डलरले वृद्धि भएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19