काठमाण्डौ । बैंक अफ काठमाण्डौ (बीओके) लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुल १६ प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशत हुन आउने २५ करोड ६४ लाख ६ हजार ६२२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
कोभिडका कारण समस्याग्रस्त अवस्थामा रहेका बैंकहरुले औसतमा १० प्रतिशत हाराहारीको लाभांश वितरण गर्न सक्ने अनुमानविपरीत बीओकेले १६ प्रतिशतको लाभांश घोषणा गरी लगानीकर्तालाई सरप्राइज दिएको हो।

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19