काठमाण्डौ । अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थाले सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ।
यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए। गएको साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।
त्यो वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई त्यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ। त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो।
अस्ट्रेलियाको यो कानुन संसारका अन्य देशहरूका पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम भएका सम्भावित कानुनका लागि परीक्षण मानिएको छ।
यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले बिहीवार संशोधनसहित पारित गरेको हो। सिनेटले सो कानुन पारित गरिसकेको थियो। –बीबीसीबाट
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago