काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद निष्कासनलाई स्वीकृति प्रदान गरेको छ। 

राष्ट्र बैंकले यो बैंकलाई १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो। यद्यपि यो बैंकले राष्ट्र बैंकसमक्ष १ः२ अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृति मागेको थियो।राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकको मागमा १०० प्रतिशत घटौती गर्दै १ः१ अनुपातमा मात्रै हकप्रद निष्कासन अनुमति दिएको हो।

कम्पनीद्वारा जारी विज्ञप्तिमा राष्ट्र बैंकले हिजो (जेठ २० गते) १ः१ अनुपातमा  हकप्रद निष्कासन लागि स्वीकृति प्रदान गरेको उल्लेख छ। 

नारायणी डेभलपमेन्ट बैंकको वर्ष माघ १६ गते सम्पन्न १९ औँ वार्षिक साधारणसभाले १ः२ अनुपातमा हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरेको थियो। सोहीअनुसार बैंकले हाल कायम चुक्तापुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः२ अनुपातमा हकप्रद निष्कासन गर्न राष्ट्र बैंकको स्वीकृति मागेको थियो। 

राष्ट्र बैंकको स्वीकृतिसँगै अब नारायणी डेभलपमेन्ट बैंकले सतप्रतिशत हकप्रद निष्कासनको प्रक्रिया थालनी गर्ने जनाएको छ। 

यो बैंकले गत वर्ष माघ १३ गतेदेखि फागुन ३ गतेसम्म सतप्रतिशत हकप्रद निष्कासन गरेको थियो।