 
                     
                                
                             
                                    काठमाण्डौ । राष्ट्रियस्तरका अधिकांश विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत बढी पुर्याएका छन्।
असोज १ लागू हुने गरी विकास बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन्। जसमा अधिकांश विकास बैंकको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत माथि पुर्याएका हुन्।
मुक्तिनाथ विकास बैंकले व्यक्तिगत तथा संस्थागत दुवैतर्फ ३ महिना बढी समयको मुद्दति निक्षेपको ब्याजदर ९.५ प्रतिशत पुर्याएको छ। सामान्य निक्षेपको ब्याजदर भने ४.५ प्रतिशतदेखि ५.५ प्रतिशत निर्धारण गरेको छ।
यसैगरी गरिमा विकास बैंकले पनि व्यक्तिगततर्फ ३ महिनासम्मको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत र ३ महिना बढी समयको मुद्दति निक्षेपको ब्याजदर ९.५ प्रतिशत तोकेको छ। संस्थागततर्फ पनि गरिमाले ३ महिनासम्मको अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत ३ महिना बढी समयावधिको मुद्दति निक्षेपमा ९.५ प्रतिशत ब्याज दिने भएको छ। गरिमा सुरक्षित निक्षेप योजना पनि ग्राहकले ९.५ प्रतिशतसम्म ब्याज पाउनेछन्।
गरिमाले अन्य सामान्य निक्षेपको ब्याजदर भने ४.५ प्रतिशत निर्धारण गरेको छ।
ज्योति विकास बैंकले व्यक्तिगत र संस्थागततर्फ ६ महिना बढीको मुद्दति निक्षेपको ब्याजदर ९.५ प्रतिशत पुर्याएको छ। त्यस्तै ३ महिनासम्मका लागि ९ प्रतिशत र ३ महिना माथिको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने भएको छ।
अन्य सामान्य बचतमा भने बैंकले ४.५ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ।
यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले ३ महिना बढी समयको मुद्दति निक्षेपमा व्यक्तिगत र संस्थागत दुवैतर्फ ९.५ प्रतिशत उपलब्ध गराउने भएको छ। सामान्य बचततर्फ भने बैंकले ४ प्रतिशतदेखि ५.७५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ।
लुम्बिनी विकास बैंकले व्यक्तिगत तथा संस्थागत दुवैका लागि १ वर्ष बढी समयको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत पुर्याएको छ। ३ महिनाभन्दा बढीको अवधिको मुद्दतिमा भने व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याज दिने भएको छ।
महालक्ष्मी विकास बैंकले व्यक्तिगततर्फको १ वर्ष बढी समयको मुद्दति निक्षेपका लागि ९.३ प्रतिशत ब्याजदर तोकेको छ। त्यस्तै ३ महिनादेखि ६ महिनाको समावधिका लागि ९.०५ प्रतिशत तथा ९ महिनासम्मका लागि ९.१५ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ।
संस्थागततर्फ भने महालक्ष्मीले ३ महिनादेखि १ वर्षको मुद्दति निक्षेपलाई बैंकले ९.३ प्रतिशत ब्याज दिने भएको छ।
कामना सेवा विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्टको ब्याजदर उपलब्ध नभएकोले यो समाचारमा समावेश गरिएको छैन।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19