काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।

एचआईडीसीएल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफा तथा जगेडा कोषबाट चुक्तापुँजीको कुल ८.४२१ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने १ अर्ब ४९ करोड ६० लाख रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ ०.४२१ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२.११ रुपैयाँबराबरको नदग लाभांश वितरण गर्ने प्रस्ताव पनि बैठकले गरेको छ।

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।