काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.०६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभाल छलफल गरी पारित गरिनेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19