काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३५ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।
काठमाण्डौको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभाल छलफल गरी अनुमोदन गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago