काठमाण्डौ । प्राप्तिपश्चात नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकका केही शाखाहरु बन्द तथा स्थानान्तरण हुने भएका छन्।

नबिल बैंकले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो। 

एकीकृत कारोबार भएको दिनबाट एनबी बैंकका १७ वटा शाखा नबिल बैंकका नजिकैको शाखामा समायोजन हुने भएको छ। जसअनुसार एनबी बैंकको विराटचोक, दमक, बर्दिबास, चन्द्रनिगाहपुर, मिर्चैया, गल्छी, हेटौँडा, नाराययणगढ, बागलुङ, दमौली, भैरहवा, चन्द्रौटा, कोहलपुर, तुलसीपुर, सुर्खेत, टीकापुर र महेन्द्रनगर शाखा तिनै स्थानमा रहेका नबिल बैंकमा समायोजन हुनेछन्।

यसैगरी नबिल बैंकका तीनवटा शाखा एनबी बैंकका शाखाहरुमा समायोजित हुनेछन्। जसअनुसार नबिल बैंकको सिमरा पर्सा (खैरहनी) र दलदले शाखा एनबी बैंकका तिनै स्थानमा रहेका शाखाहरुमा समायोजन हुनेछन्। 

नबिल बैंकको रुपन्देहीको खैरहनी शाखासँग नाम जुध्न गएकोले मर्जरपछि शाखाको नाम पर्सा बजार शाखा हुनेछ। 

प्राप्तिपछि नबिल र एनबी बैंकको एकीकृत कारोबार यही असार २७ गतेबाट सुरु हुँदैछ।